पूर्वाञ्चल खबर
विराटनगर / नेपाली कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टी नेताहरुको समझदारीमा कांग्रेसको महाधिवेशनको मिती घोषणा हुनु पर्ने वताएका छन् ।
प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उनले वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु पार्टी हित विपरित भएको वताए ।
पार्टी सभापती शेरबहादुर देउवा सहमती विपरित महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुर्ण भएको भन्दै त्यसलाई सच्याएर आगामी मंसिरका लागी महाधिवेशनका मिति तोक्नुपर्ने नेता जोशीको भनाई थियो । मंसिरमा महाधिवेशन हुन नसके सहमतीमा एक दुई महिना मिति सार्न सकिने उनले वताए । पार्टीकालागी महाधिवेशन संवेदनशिल विषय भएकाले सहमती कायमा गरेरमा मात्र महाधिवेशन गर्नुपर्नेमा नेता जोशीले जोड दिए ।
नेता जोशीले कांग्रेस एक जुट हुनुपर्ने वेलमा पार्टी नेतृत्व एकलौटी रुपमा अगाडी वढन खोजेको भन्दै अहिलेको चुनौतीको सामना गर्न पनि एक हुनुपर्ने वताए ।
संविधानको मर्म अनुरुप सरकार चल्न नसकेको समेत नेता जोशीले वताए । उनले जनतालाई आधार मानेर सरकारले काम गर्नु पर्ने वताऐ । दुई तिहाईको वर्तमान सरकारले संविधानको भावना अनुरुप जनचाहना अनुसार काम गर्नु पर्ने नेता जोशीको भनााई थियो ।