AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय वाणिज्य वैंकले रोजगारमूलक तालीम दिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७६, शुक्रबार २१:५८
3
Shares

विराटनगर/ नेपाल सरकारको स्वामित्वको राष्ट्रिय बाणिज्य वैंकले शिक्षित युवाहरुलाई वित्तिय क्षेत्रमा रोजगारी उपलव्ध गराउन तालीम दिने भएको छ ।

आज विराटनगरमा बैंकले पत्रकार सम्मेलनको आयोजना गरी आरविवि इम्पावरमेन्ट एकेडेमि अन्तर्गत तीनदिने तालीम पुस २५ देखि २७ गतेसम्म सञ्चालन गर्न लागेको जनाएको छ ।

बैंकका नायव कार्यकारी अधिकृत केशवप्रसाद लम्सालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय क्षेत्र क्षेत्रमा युवाहरुलाई मुलुक र आफ्नो भविष्य निर्माण गर्न सहज होस भन्ने उद्देश्यले तालीम आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रदेश १ का स्नातक र स्नाकोत्तर गरेका वेरोजगार ५० जना विद्यार्थीहरुलाई तालीममा सहभागि गराईने बैकका बजार व्यवस्थापक प्रमुख कमलेश ठाकुरले बताए ।

तालीममा सहभागी हुन युवायुवतीहरुले निःशुल्क अनलाइन माध्यमबाट फर्म भरी छनौट पश्चात तलवी प्रशिक्षार्थीको रुपमा वैंककमा कार्य गर्ने सुविधा उपलव्ध हुने वैंकका प्रदेश प्रमुख ऋषभ भट्टराईले जानकारी दिए ।

छनौट युवायुवतीहरुलाई वित्तिय सम्वन्धि प्राविधिक , वानी व्यवहार र प्रयोगात्मक बिषयमा तालीम दिइने बजार प्रमुख ठाकुरले बताए ।

यस अघि वैंकले प्रदेश ३ वाट ३० जनालाई तालीममा सहभागिता गराएको थियो । वैंकले आगामी दिनमा अन्य प्रदेशमा समेत तालीमको आयोजना गरने नायव कार्यकारी अधिकृत लम्सालले बताए ।

वैंकको २३८ शाखा, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित वैंकङ्ग कारोवार संचालन भइरहको छ। बैंकले आव २०७५÷७६ मा रु पाँच अर्व ३२ करोड खुद मुनाफा आर्जन गरेको थियो भने रु १ खर्व ९० अर्व निक्षेप र रु १ खर्च ४४ अर्व कर्जामा लगानी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर