RUMPUM
animated ellipse animated ellipse

धनकुटामा प्रथम महिला गोल्डकप फूटबल प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७६, मंगलवार २०:२७
3
Shares

धनकुटा / धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ ।

शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया महिला गोल्डकप आयोजक समितिको आयोजनामा पुस १२ गते देखि १८ गते सम्म धनकुटाको तल्लो टुडीखेलमा फुटबल प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा एफिएफ काठमाण्डौ, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब काठमाण्डौ, रौतहट फुटबल क्लब, बसाहा राइजिङ्ग युथ क्लब उदयपुर, बराहक्षेत्र फुटबल क्लब चतरा सुनसरी, मोरङ्ग ११ मोरङ्ग फुटबल क्लब र आयोजक धनकुटा गरी आठ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष संदेश आठपहरीयाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले दुई लाख, कप मेडल र प्रमाण पत्र तथा उपविजेताले एक लाख कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनमा २० लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी तथा सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कार दिइने धनकुटा फुटबल क्लबका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर