पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सडक सुशासन कायम गरिन प्रदेश सरकार योजनाबद्ध रुपमा लागि परेको बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको सुरक्षित यात्राको लागि सडक सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
सडक दुर्घटनलाई न्यूनिकरण गरिन सरोकारवालहरुलाई छलफलमा बोलाएको पनि उनले बताए । सरोकारवालाहरुबाट निस्किएको निष्र्कषलाई कार्यन्वयनमा लैजाने उनले बताए । सबैको सहकार्यमा सवारी र्दुघनालाई न्यूनिकरण गरि प्रदेश १ बाट एक खाले सन्देश प्रभाह गरिने मन्त्री कार्कीले बताए । उनले दुर्घटनालाई घटाएर जनताको जिउ धनको रक्षामा सरकार लागि पर्ने उनले बताए ।
मन्त्री कार्कीले सवारी चालकलाई जिम्मेवारी र पूर्वाधारहरुलाई व्यवस्थित बनाएर सडक सुशासन कायम गराउन सरकार अगाडी बढेको बताए । यातायात व्यवसायी, यातायात कर्मचारी, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघहरु, सामाजिक क्षेत्रका सबै सरोकारवाला उपस्थित कार्यक्रममा मन्त्री कार्कीले छलफलबाट प्राप्त निष्कर्षलाई प्रदेश सरकारले कानुनी रुप दिएर सडकमा लागु गर्ने उनले बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुरक्षित सडक यात्रालाई नगरपालिकाले कञ्चनवारी, बरगाछी, घाँस चौकमा आकाशे पुल, विराटनगर रानी भन्सार क्षेत्रमा स्वागत गेट सहितको आकाशे पुलको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भैसकेको जानकारी दिए ।
सरोकारवाहरुले सवारी चालक सहज वितरण हुनुपर्ने, कानूनको पालना हुनुपर्ने, सडकमा सवारी राख्न नियन्त्रण गर्नु पर्ने, ट्राफिक प्रहरी सख्यामा वृद्धि गर्नुपर्र्ने , जेव्राक्रस स्पष्ट देखिनु पर्ने, सवारी साधनको यान्त्रीकरण जाँचको अनुगमन गर्नुपनेर्, टाइम कार्ड लागु गर्नुपर्ने, तीन पाङग्रे सवारीको आवश्यक्ता हेरी सञ्चालनको अनुमति दिनु पर्ने, सार्वजनिक सवारी साधनको प्रयोगमा जोड दिनु पर्ने आदि सुझाव दिएको थियो ।
मन्त्रालयका सचिव राजन रेग्मी, उप सचिव कमल थापा, इटहरी उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश उपाध्यक्ष राजेन्द्र राउत,झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगर, यातायात महासङ्घ प्रदेश अध्यक्ष सरोज श्रेष्ठ, उपभोक्ता मञ्चका उत्तम ढुंगेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी, यातायात कार्यालय सुनसरीका प्रमुख विन्दा नेपाल, पर्यटन व्यवसायीहरु पुण्य भट्टराई र भविष श्रेष्ठ, सञ्चारकर्मीहरु गणेश लम्साल र मोहन मानन्धरले सुरक्षित सुडक यात्राका विषयमा आवश्यक सुझाव दिए ।
प्रदेश ट्राफिक कार्यालयका प्रमुख भीम दाहालले सडक सुरक्षा सम्वन्धी नियम र यातायात कार्यालयका निर्देशक भीम गौतमले यातायात कार्यालयको अवस्था सम्वन्धी कार्यपत्र प्रस्तुत गरे ।
मन्त्रालयका उप सचिव कमल थापाको संयोजकमा १७ सदस्यीय आवश्यक सुझाव संकलन कार्यदल समिति समेत गठन गरिएको छ।
कार्यदलमा भौतिक पूर्वाधार मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय यान्ँित्रक कार्यालय, संघीय उदड कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, यातायात व्यवस्थान कार्यालय, विराटनगर महानगरपालिका , यातायात मजदूर , उपभोक्ता हक हित लगायतका रहेका छन् ।
कार्यदलले आगामी १९ गते हुने वृहत वैठकमा सुझाव सार्वजनिक गरी दुई दिन पछि सुरक्षित सडक यात्राका लागि तयार गरिएको नीति नियम कडाईका साथ पालना गरिने सोही अवसरमा बताइयो ।