पूर्वाञ्चल खबर
विराटनगर / कम्प्युटर एसोसियसन नेपाल मोरङले एक दिने कम्प्युटर नेटवर्क ट्रेनिङको आयोजना गरेको छ ।
आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि कम्प्युटर नेटवर्क ट्रेनिङ आयोजना गरेको हो ।
ट्रेनिङ मोरङका विभिन्न कम्प्युटर नेटवर्कमा कार्यरत ५१ जना कर्मचारी सहभागि रहेको ट्रेनिङ सम्योजक नविन यादवलेजानकारी दिए । सहभागिलाई वर्डलिङ इटहरीका शाखा प्रोजेक्ट मेनेजर सुजित झाले सहजिकरण गरेका छन् ।
सहभागिलाई आदर्श स्कूलका प्रिन्सिपल तुलसीप्रसाद दुलाल,क्यान मोरङका अध्यक्ष राजेन्द्रप्रसाद यादव र पूर्व अध्यक्ष सन्तोष दाहाललगायतले प्रमाणपत्र वितरण गरे ।