भविष्यमा राम्रो फिल्म तथा म्यूजिक भिडीयोमा अभिनय गर्ने-मोडल सोफिया ठकुरी
पूर्वाञ्चल खबर
२ माघ २०७३, आईतवार १५:१२
3
Shares
२ माघ, विराटनगर / सानै देखि घरमा होस या स्कुलका कार्यक्रमहरुमा गीत बज्न साथ हात खुटा चल्ने गथ्र्यो – मोडल सोफीया ठकुरीको ।
गीतसंगीत र अभिनय भने पछि मरिहत्ते गर्ने सोफीया पछिल्लो समय पनि उनले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने किलो ट्याङ माईकामा आदा दर्जन एपिसोडमा अभिनय गरेकीछिन् ।
यसका अलवा ३–४ वटा म्यूजिक भिडीयोमा समेत आफ्नो अभिनय प्रस्तुत गरीसकेकी छिन् । उनले काठमान्डौमा बनेका सर्ट फिल्महरुमा पनि धेरै वटामा अभिनय गरिसकेको बताईन् । यसका अलावा ठूलो पर्दाको फिल्ममा पनि अभिनय गरेको तर आफुले खेलेको फिल्म अहिले सम्म हेर्न नपाएको गुनासो गरिन् ।
फिल्मी निर्देशक तथा निर्माताहरुसंग कुरा आजभोली भन्दै कुरा टाडिदिने गरेको गुनासो गरिन् । भर्खरै मात्र विभिन्न म्याक्जीन कबरका लागी आउट डोर फोटो सुट गरिसकेकी सोफिया भन्छिन् भविष्यमा राम्रो फिल्म तथा म्यूजिक भिडीयोमा प्रस्ताव आए अभिनय गर्ने रहर छ ।