पूर्वाञ्चल खबर
संखुवासभा/ संखुवासभाको धर्मदेवि नगरपालिका ७ मा माघे संक्रान्तिको अवसर पारेर ‘दोस्रो आङ्गवुरा कप’ सेभेन– ए साइड पुरुष खुल्ला फुटबल ’ प्रतियोगिता हुने भएको छ ।
न्यु युवा क्लबको आयोजनामा पुष २५ गतेदेखि खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको फाइनल माघ १ गते हुनेछ । विजेताले नगद ५० हजार रुपैयाको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपविजेताले नगद ३० हजार रुपैयाँ रहेको छ ।
खेल नकाउटको आधारमा खेलाइने क्बलका संयोजक प्रविन जिमीले जानकारी दिए । प्रतियोगितामा १२ वटा टिमको सहभागि हुने उनले बताए । प्रतियोगिताको उत्कृष्ट गोल किपर, डिफेन्ट, मिडफिल्डर, फरर्वाड तथा सर्वाधिक गोलकर्ता पनि पुरस्कार राखिएको क्लबले जनाएको छ ।
फाइनल अगाडी पुस २९ गते मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको साथै साँस्कृतिक कार्यक्रम पनि हुने बताइएको छ । साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुतीले सहभागिहरुले भरपुर मनोरञ्जन प्रदान लिनेछन् ।