RUMPUM
animated ellipse animated ellipse

फोटो पत्रकार महासंघको महाधिवेशन विराटनगरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७६, मंगलवार १९:३४
3
Shares

विराटनगर / नेपाल फोटो पत्रकार महासंघको प्रथम राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । यही पुस ३ र ४ गते विराटनगर र सुनसरीको कोशीटप्पु आरक्षमा प्रथम केन्दीय महाधिवेशन हुने भएको हो ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि महाधिवेशनमा ६४ जिल्लाका २ सय जना प्रतिनिधि तथा पर्यवक्षेकहरुको सहभागिता रहने मूल समितिका संयोजक वेदराज पौडेलले जानकारी दिए । सोही अवसरमा पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिएका दुई जना पत्रकारलार्य नगदसहित सम्मान गरिने भएको छ । वरिष्ठ पत्रकारद्वय मोहन भण्डारी र हर्ष सुव्वालाई जनही २१ हजार १ सय नगदसहित सम्मान गरिने भएको हो ।

प्रदेशका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक क्षेत्र मोरङको भेडियारीमा रहेको विराट राजाको दरवार, सुनसरीमा रहेको महाभारतकालीन बर्जुताल, कोशी टप्पु आरक्ष, चतरा र वरहाक्षेत्र धामको सहभागीहरुलाई अवलोकन गराई पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आनुमान गरिएको छ ।

महाधिवेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर