पूर्वाञ्चल खबर
उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका २ सुगारे स्थित भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ ।
आज दिउँसो उत्तरबाट दक्षिणतर्फ जादै गरेको को. २ त. ६२५१ नम्बरको ट्याक्टरमा सवार स्थानीय ७ बर्षिया रोशिका कार्की ट्याक्टरबाट लडेर गम्भिर घाईते भएकी थिईन । घाईते कार्कीलाई तत्काल उपचारकोलागी बेल्टार स्थित शुभकामना मेडिकलमा ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका ६ स्कूल डाँडाका २५ वर्षिय अमर कार्कीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।