RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्पोर्ट्स मिट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७६, आईतवार १६:४०
3
Shares

विराटनगर / विराटनगरस्थित गे्रडेड बोर्डिङ स्कूलमा ‘ग्रेडेड स्पोर्ट्स मिट २०७६’ सुरु भएको छ ।

स्कूलले आज एक कार्यक्रमको आयोजना गरि दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । सोमबारसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, शु रेस, टेवलटेनिसलगायतको खेलहरू सञ्चालान छ । उक्त स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका ६ सय विद्यर्थीहरूले भाग लिएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल सुवालले बताए । स्पोर्ट्स मिटको बिजेताहरूले आकर्षक ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर