RUMPUM
animated ellipse animated ellipse

नितेस भए ‘अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाडमा’ तृतीय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७६, बिहीबार १८:३३
3
Shares

विराटनगर / कतारको दोहामा सम्पन्न भएको अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाड २०१९ प्रतियोगितामा नेपालका नितेस गौतम तृतीय भएका छन् ।

विभिन्न ८० वटा देशका विद्यर्थाीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । नेपालबाट प्रतिनिधित्व गर्दै नितेससहित ६ जना सो प्रतियोगिता भाग लिन गएका थिए । नितेस मात्र यो प्रतियोगिताबाट मेडल प्राप्त गर्न सफल भएका हुन् । प्रथम भारतका विद्यार्थी भएका थिए ।

नितेस मोरङको सुन्दरहरैचा नगरपालिका – ३ गछियास्थित माउन्ट मकालु उमाविको कक्षा १० मा अध्यररत छन् । आमा उमा र बुवा मुकुन्द गौतमको कोखबाट जन्मिएका नितेस १५ वर्षका छन् । मेडल प्राप्त गरि नितेस आज स्वदेश फर्किएका छन् । उनलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनी अध्ययनरत माउन्ट मकालु स्कूलका प्रिन्सिपल हेमन्त कार्कीसहित ठूलो संख्यामा विद्यार्थी र शिक्षकहरूले स्वागत गरेका थिए ।

नितेसले अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालको नाम चिनाउन पाउँदा गौरान्वित भएको बताए । ‘यो प्रतियोगितामा धेरै देशहरूबाट सहभागि भएका थिए,’ उनले भने,‘अन्तर्राष्टि मञ्चमा पुगेर नेपालको तर्फबाट मेडल प्राप्त गरि आफ्नो देशलाई अन्तर्राष्टि स्तरमा चिनाउन सफल भएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर