पूर्वाञ्चल खबर
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङ शाखाका उपाध्यक्ष तथा रेडियो नेपालका विराटनगर सम्वाददाता कुमोद अधिकारीलाई मातृशोक परेको छ ।
उपाध्यक्ष अधिकारीकी आमा गायत्रीदेवी अधिकारीको ८१ वर्षको उमेरमा आज मोरङको रंगेलीस्थित घरमा निधन भएको हो । उनले लामो समयदेखि पक्षघातबाट सृजित समस्याको सामना गर्दै आएकी थिइन् । स्वर्गीय गायत्रीदेवीको पाँच छोरा र दुई छोरी रहेका छन् ।