AArya
RUMPUM
animated ellipse animated ellipse

उद्योग संगठनको हाजिरी जवाफमा शिक्षादिपलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७६, शुक्रबार १९:०५
3
Shares

विराटनगर / उद्योग संगठन मोरगका पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरगको आयोजनामा अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिताको ,आयोजना गरेको छ ।

आज सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा शिक्षादिप कलेज प्रथम भएको छ भने अरनिको कलेज दोस्रो तथा सिटी कलेजले तेस्रो स्थान हात पारेको छ । हाजिरीजवाफ प्रतियोगिताम ाविराटनगरभरीका १८ माध्यमिक विद्यालयको सहभागिता रहेको उद्योग संगठनले जनाएको छ । परुथम, दोस्रो तथा तेस्रो हुने क्रमशः दश, सात पा“च नगद पुरस्कार, मेडल, प्रमाण–पत्र, विजयी विद्यालयहरुलाई सिल्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा संगठनका मोरङका अध्यक्ष भीम घिमिरेले स्व. गोल्छाले शैक्षिक क्षेत्रको विकासकाको लागि पु«¥याउनु भएको योगदानको स्मरण गर्दै हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको बताए । अध्यक्ष्ँ घिमिरेले स्व. गोल्छाले आर्दशलाई अनुशरण गर्न सके राष्ट्रिय आर्थिक विकासमा नै टेवा पुग्ने भएकाले उहा“ले देखाएको मार्ग अनुशरण गर्न सहभागि विधार्थीहरुलाई अनुरोध गर्दै जागिर खोज्ने भन्दा पनि जागिर दिने वन्न विधार्थीलाई अनुरोध समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य केदार कार्कीले सामाजिक उत्तरदायित्व वहन गर्दै उद्योग संगठन मोरंगले स्व. गोल्छाको १० स्मृतिमा आयोजना गरेको अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता विद्यार्थीहरुको वाहिरी ज्ञानलाई वढावा दिएको वताए । उनले स्कूल कलेजका कितावी ज्ञानका साथै अन्य ज्ञानले मानिसको व्यत्तित्वलाई परिस्कृत गर्न मद्त पुग्ने विश्वास व्यक्त गरे ।

संगठनका कार्यकारिणी समिति सदस्य एवं स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृति समितिका संयोजक सुवोध कोईरालाले स्व. महेन्द्र गोल्छाको सम्झनामा विगत वर्ष जस्तै यस वर्ष समेत अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको वताउँदै यसबाट विद्यार्थीहरुलाई सामान्यज्ञान प्रति अभिरुची बढाउन प्रेरणा प्राप्त हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर