पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ्ग स्कूलमा किड्स ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरिएको छ ।
स्कूल परिसरमा आज ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा केजीदेखि तीनसम्म अध्ययरत विद्यार्थीहरुले भाग लिएका थिए । केजी र एसकेजीतर्फ भएको नृत्य तर्फको प्रथम इशा मण्डल, द्धितीय सारदा बस्नेत र एलेक्स पोखरेल घोषित भए । यस्तै कक्षा १ सम्म भएको नृत्य प्रतियोगिताको प्रथम मनिष कटुवाल, द्धितीय नितिशा रौनियार र तृतीय मरिया बस्नेत भए ।
गायनतर्फको प्रथम रिननजन मिश्र घोषित भए । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको स्कूलको प्रिन्सिपल प्रेमसिंह सुवालले जानकारी दिए । प्रतियोगिताको निर्णायरूमा मनोज राजवंशी र मनिष कटुवाल रहेका थिए ।