पूर्वाञ्चल खबर
विराटनगर / अपाङ्गता भएका व्यक्तिहरूको २८ औं अन्तर्राष्टिय दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ ।
मंगलबारसम्म अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्टिय दिवसमा विभिन्न कार्यक्र गर्ने भएको हो ।
राष्ट्रिय अपाङग महासंघ १ नम्बर प्रदेशकी अध्यक्ष पार्वता श्रेष्ठकी अनुसार आज साँझ विराटनगरस्थित बसपार्कमा दिप प्रज्वलन गरिने बताइन् । अपाङ्गता सहितको समृद्धि नेपाल होस भन्ने उद्देश्यले अपाङ्गता भएकाहरूले विराटनगरमा दिप प्रज्वलनको कार्यक्रम गरिने उनले बताइन् ।
सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेश मुल आयोजक समिति रहेर उक्त दिवस मनाउने भएको हो । ‘दिगो विकास लक्ष्य, अपाङ्गता मैत्री भविष्य’ भन्ने मुल नाराको साथ सुरु भएको कार्यक्रममा मंगलबार वृहत प्रभातफेरी ¥याली निकालिने भएको छ । सामाजिक विकास मन्त्रालयदेखि सुरु भएको ¥यायालीले नगरको विभिन्न भाग परिक्रमा गरि बी प्लटमा आएर समापन हुनेछ । सोही दिन झापाको दमकमा पनि साँस्कृतिक कार्यक्रमको आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताइन् ।
त्यस्तै पाँचथर र धनकुटमा कलेज स्तरीय वक्तित्वकला प्रतियोगिता पनि हुनेछ । अपाङ महासंघले दिएको जानकारी अनुसार प्रदेश १ मा ९४ हजार ६ सय ४० जना आपाङ्गता भएका छन् । पुरुष ५१ हजार ९ सय ५९ र महिला ४२ हजार ६ सय ८१ जना रहेको छ । प्रदेश १ मा सबैभन्दा बढी अपाङ्गता भएका सुनसरी जिल्लामा रहेको छ । सुनसरीमा १० हजार ४ सय ९ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।