RUMPUM
animated ellipse animated ellipse

सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७६, सोमबार १५:०१
3
Shares
फाइल तस्वीर

विराटनगर / आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, सुनसरीले सिद्धबाबामाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । आइसियुमै उपचारार्थ रहेकाले म्याद थप पछि पुन अस्पताल नै पु¥याएको प्रहरीले जनाएको छ । आज विहान विराटनगरबाट प्रहरीले सिद्धबाबालाई नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर जिल्ला अदालत सुनसरीमा म्याद थप गरिएको सुनसरी प्रहरी प्रबक्ता तथा डिएसपी विनोद शर्माले जानकारी दिए ।

उनलाई विराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत उपस्थित गराइ पुन नर्सिङ होमै फर्काइएको थियो । अदालतका जिल्ला न्यायधिस धर्मराज पौडेलको इजलासमा म्याद थपका लागि प्रहरीले पेस गरेको थियो ।

गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो । यता कृष्णदासले भने आरोप झुट्टो भएको बताउदैं आएका छन् । सार्वजनिक भएको फोन अडियो फेक भएकोसमेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर