RUMPUM
animated ellipse animated ellipse

डाका मुद्दामा फरार रहेका चौधरी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार २१:३५
3
Shares

विराटनगर / फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत डाका मुद्दामा फरार रहेका व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरमा महिलाको ब्याग तथा बिभिन्न ब्यक्तिका मोवाईल चोरीमा संलग्न पक्राउ परि फरार रहेका विराटनगर १० का २४ वर्षिय शिवराज चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

फरार रहेका चौधरीलाई मोरङ जिल्ला अदालतको २०७६ जेठ १३ गतेको फैसलामा ३० हजार जरिवाना र २ बर्ष ११ महिना ३ दिन कैद सजाय सुनाएको थियो ।फरार रहेकामा चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज विराटनगर १० शान्तिचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत मोरङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरले जनाएको छ ।

पक्राउ परेका चौधरीले २०७५ कात्तिक १४ गते विराटनगर महानगरपालिका ४ स्थित नोवेल अस्पताल तर्फ जाँदै गरेका कटहरीका निरज भन्ने दर्पन श्रेष्ठकोे सामसुङ जे सेभेन मोबाईल खोसेर भागेका उनलाई मंसिर १ गते पक्राउ गरि मोवाईल फेला पारी कानुन बमोजिम अनुसन्धान गरीएकोमा जिल्ला जेठ १३ गते फैसलाले १० हजार जरीवाना र १ बर्ष कैद सजाय भएको थियो ।

त्यस्तै २०७५कात्तिक १६ गते विराटनगर महानगरपािका वार्ड नम्बर ८ आरके चिल्ड्रेन अस्पताल अगाडी विराटनगर महानगर वडा नम्वर ८ की २५ वर्षिय एक महिलालाई पैदल हिड्दै गईरहेको अवस्थामा पछाडी बाट लेडिज ब्याग खोसि भागेको समेत उनलाई आरोप लागेको थियो ।

व्याग भित्र नगद १८ हजार ४ सयसहित सामसुङ जेटु मोबाईल र गोल्डेन रङको घडी समेत चोरी भागेकोमा उनलाई २०७५ मैसिर १ गते चोरीको मोबाईलसहित कानुन बमोजिम अनुसन्धान गरिएकोमा मोरङ जिल्ला अदालतको मिति २०७६ जेठ १३ गतेको फैसलाले १५ हजार जरीवाना र १ बर्ष ६ महिना कैद सजाय भएको तोकिएको थियो ।

त्यसैगरी २०७५ कात्तिक २५ गते विराटनगर महानगरपलिका वार्ड नम्बर ७ नेपाल टेलिकम नजिक विराटनगर महानगर वडा ७ की चन्द्रकला बस्नेत पैदल हिड्दै गईरहेको अवस्थामा पछाडीबाट चौधरीले एक्कासी लेडिज ब्याग खोसि भागेका थिए ।

व्याग भित्र नगद ६ हजार महालक्ष्मी विकास बैंकको एटिएम कार्ड, नागरिकता, सेतो रङको मोवाईल, चाँदीको सिक्का र चस्मा समेत चोरी लगेकोमा २०७५ मंसिर १ गते उनलार्ई पक्राउ गरी कानुन बमोजिम अनुसन्धान भएको थियो । उक्त मुद्दामा मोरङ जिल्ला अदालतले २०७६ जेठ १३ गतेको फैसलाले ५ हजार जरिवाना ६ महिना कैद सजाय भएको थियो ।

बिभिन्न घटनामा संलग्न चौधरीलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक कारवाहीको लागि मोरङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार खिउजुले बताए । चौधरीलाई आजै जिल्ला कारागार मोरङमा कैद भुक्तानको लागि पठाईएको मोरङ प्रहरुलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर