AArya
RUMPUM
animated ellipse animated ellipse

स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार २०:४३
3
Shares

विराटनगर / विराटनगरको स्टार स्कूलले आयोजना गरेको तीन दिने स्काउट फ्रेन्डसिप क्याम्पको आज समापन भएको छ ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले विद्यार्थीहरुको मनोभावना, आन्तरिक क्षमता र सीप तथा कौशललाई विकास गर्ने काममा विशेष गरी विराटनगर महानगरपालिका सदैव प्रतिबद्ध रहेको बताए ।

स्काउटले सामुहिक सदभाव र सत्कर्मको माध्यमबाट मानव सभ्यतालाई योगदान पुर्याउँदै सभ्य र सहयोगी समाजको निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका एसपी विश्व अधिकारीले बताए । उनले स्काउट नियम र अनुशासनको पालना गर्ने र गराउने संगठन भएकोले यसमा प्रहरीको पनि उत्तिकै महत्वपुर्ण भुमिका रहेको बताए ।

कार्यक्रममा प्याव्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी र जिल्ला स्काउट कार्यालय मोरङका प्रमुख प्रदिपकुमार विश्वासलगायतले बोलेका थिए ।

२ रात र ३ दिने क्याम्पमा गायन, नृत्य, चित्र, स्पीच, ब्याक वुड कुकिङ र पहिरण प्रर्दशनीमा उत्कृष्ट हुने टीमलाई पुरस्कृत गरिएको छ भने स्काउटलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने बिशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।

क्याम्पमा ३५ सामूदायिक र निजी विद्यालयका एक हजार २५ विद्यार्थीहरुको सहभागिता रहेको संयोजक डा. उद्धव पोखरेल जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर