RUMPUM
animated ellipse animated ellipse

जामुुनेश्वर मार्गमा पक्कि नाल निमार्ण हुुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार १९:२५
3
Shares

विराटनगर / विराटनगर महानगरपालिकाको जामुुनगाछी चौक स्थित जामुुनेश्वर मार्गमा पक्कि नाल निमार्ण हुुने भएको छ ।

महानगरपालिकाले डुुवान समस्या समाधानगर्न ४ र ५ नम्वर वडालाई जोडनेगरि १ दशमलव ५ किलोमिटर आरसिसि पक्कि नाला निमार्ण गर्न लागेको हो ।

पक्कि नालाको आज एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाला र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले सयुुक्त रुपमा शिलान्यास गरे । आठ महिनामा काम सम्पन्न गर्ने गरि शुुरु गरिएको सो नालाको निमार्ण लागत भ्याटसहित ११ करोड ४९ लाख ८३ हजार रुपैया रहेको छ । सो नाला आठ सिसिको हुुने जनाइएको छ ।

कार्यक्रममा वोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले तोकिएको समयमा काम सम्पन्न गर्नुु पर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुुख पराजुुलीले विकास निमार्णको कामको गुुणस्तरमा महानगपालिकाले कुुनै सम्झौता नगर्ने भन्दै गुुणस्तरयुक्त काम गर्न आग्रह गरे ।

महानगरपालिकाका प्रमुुख प्रसासकिय अधिकृत एकदेव अधिकारीले विराटनगरका १९ वटैवडामा विकास निमार्णको काम तिव्रगतिमा भइहेको वताउनुुभयो । नाला निमार्ण गर्ने जिम्मा श्रेष्ठ खुुश्वुु जेवीले लिएको छ । सो क्षेत्रमा व्यवस्थित नहुुदा वडावासीहरुले वर्षायाममा डुुवान समस्या झेल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर