AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मौन अवधिमा बाँड्न ठिक पारिएको माछा गाउँलेले जफत गरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७६, शुक्रबार १८:५२
3
Shares
विराटनगर / मौन अवधिमा पोखरीबाट धमाधम माछा मार्न थालिएपछि मोरङको धनपालथान वडा नम्बर २ मा स्थानीयले माछासहित व्यक्तिलाई प्रहरीको जिम्मा लगाई दिएका छन् ।

धनपालथान वडा नम्बर २ मा शनिबार उपनिर्वाचन हुँदैछ तर केही व्यक्तिले चुनावलाई नै प्रभावित पार्न मतदातालाई माछा वितरण गर्ने योजनासाथ पोखरीबाट माछा झिक्न थालेपछि स्थानीयले पक्राउ गरेको बताइएको छ । स्थानीयका अनुसार विहीबार राति पनि केही मानिसले गाउँ पसेर मतदातालाई माछा बाँडेका थिए ।

धनपालथानको ललियामा नेकपा सम्बद्ध व्यक्तिहरुले माछा मारेर मतदातालाई बाँढ्ने तयारी गरेको सूचना पाएपछि आफूहरुले पक्राउ गरेको कांग्रेस महासमिति सदस्य तथा स्थानीय नेता रामनारायण मण्डलले जानकारी दिए । उनले भने,‘‘पोखरी ठेक्का लिने सत्ताधारी पार्टीका हुन । उनैले माछा झिकेर बाँड्न मानिसहरु खटाएका रहेछन ।’’
स्थानीयका अनुसार ललियामा रहेको शिवशक्ति माविको माछा पोखरीबाट नेकपा सम्बद्ध कैलाश सिंहले माछा झिक्न अह्राएका थिए । आज बिहानैदेखि पाँचजना मानिस खटिएर जाल हालेर माछा मार्न थालेपछि शंका लागेर आफूहरुले प्रहीलाई नै खबर गरेको स्थानीय धरलाल गन्गाईले बताए । उनले भने,‘‘बिहानभरिमा डेढ क्वीन्टल भन्दा धेरै माछा बोरा र झोलामा राखेर गाउँतिर लिएर जान थालेपछि शंका लागी हामीले खोजिनीति गर्दा उनीहरुले रंगेलीमा लगेर बिक्री गर्ने भने । तर, बुझ्दै जाँदा होइन रहेछ ।’’
अर्का स्थानीय दिनेश सरदारले सानो भेन ल्याएर मारेका माछा धमाधम ओसार्न थालेपछि आफूहरु सशंकित भएको सुनाउँदै भने,‘‘भर्खर हालिएका साना भुरा माछासमेत जाल हालेर मार्न थालेपछि हामीलाई शंका लाग्इो । माछा मार्नेले बिक्री गर्न भन्ने बताएपनि मतदातामाझ वितरण गर्न माछा पोखरीबाट झिकिएको भन्ने हामीले बुझ्यौ ।’’ उनले विहीबार राति पनि केही मानिसले गाउँमा माछा वितरण गरेको भन्ने खबर आएको सुनाए । गाउँलेले को२ह ७२०४ नम्बरको भेन पनि नियन्त्रणमा लिएका छन् ।
शिवशक्ति माविको माछा पोखरी रंगेलीका कैलाश सिंहले वार्षिक रु. ४५ हजारमा ठेक्का लिएका छन् । ‘‘तर, अहिले चुनावमा बेला साना माछासमेत जाल हानेर निकाल्नु शंकास्पद नै थियो’’, स्थानीय सुन्दर राजवंशीले भने,‘‘अघिल्लो रात पनि गाउँमा माछा बाँडिएको थियो ।’’ मौन अवधिमा मतदातालाई प्रभावित पार्न सत्तापक्षले यो काम गरेको उनले आरोप लगाए ।
यता माछा मार्न आएका जलहार मुसरु बहरदारले भने रंगेली बजारमा लगेर बिक्री गर्न आफूहरुले माछा मारेको बताउँदै भने,‘‘पोखरीका ठेक्दारले नै माछा मार्न भन्नु भएको हो ।’’ इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर लेखनाथ दाहाल गाउँमा विवाद भएपछि अवस्था नबिग्रियोस भनेर आफूहरुले सुरक्षा दिइएको बताए । यस विषयमा थप अनुन्सधान भईरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर