पूर्वाञ्चल खबर
सुनसरी / आफ्नै अनुयानीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको चतरास्थितमा रहेको आश्रमबाट हराएका भनिएका सिद्धबाबालाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ । बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरएका उनलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो ।
गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको हो । सुनसरकिो चतरास्थित कृषण्दासको आश्रममा बस्दैं आएकी एक महिलाको उजुरी अुनसार गत कार्तिक ४ गते आश्रममा भेट्न बोलाएर कृष्णजदास महाराजले बलात्कार गरेको आरोप लगाएकी छिन् ।
शुत्रबार बिहानैदेखि आश्रम छोडेर उपचार गर्न भन्दै विराटनगर हिँडेका उनी प्रहरी हिरासतमा पुगेका हुन् । बलात्कारसम्बन्धी जाहेरी जिल्लाले लिन नमानेपछि पीडित पक्ष केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)मा पुगेको थियो । जाहेरीपछि सिआइबीको टोली जिल्ला प्रहरी कार्यालय सुनसरी आएको थियो । सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए ।मंगलबार नै प्रहरीमा जाहेरी परे पछि राजनीतिक प्रभावमा परेर प्रहरीले उनलाई पक्राउ गर्न आनाकानी गरेको पीडित परिवारले आरोप लगाएको छ ।
पोखरा चतरालगायत स्थानमा ९ दिनसम्म समाधीमा बसेर एकाएक चर्चामा आएका थिए । उनलाई महासिद्ध योगको जन्मदातासमेत भनिदैं आएको थियो । ठूला राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारेर चतराको नहरको जग्गामा बस्दैं आएका छन् । उनले करिव ५ सय क्षमताको दुई वटा ठूला भवनहरु सरकारसँग कुनै इजाजत नलिई भवन बनाएर विवादमा आएका थिए । उनीमाथि दुईवटा नागरिकताको समेत आरोप लाग्दैं आएको छ ।
यता सिद्धवावाका नजिकका अनुयाइ सुनिल अग्रवालले कृष्णदास महाराजप्रति गलत आरोपलगाएको बताएका छन् । एउटा गिरोह नै लागेर उहाँलाई फसाउन खोजिएको उनले बताए ।