RUMPUM
animated ellipse animated ellipse

श्रमिक सामाजिक सुुरक्षाकोषमा करिव १६ हजार श्रमिकद्वारा दर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७६, बुधबार १७:४०
3
Shares

विराटनगर / प्रदेस १ मा एक वर्षमा १५ हजार ७ सय ३५ जना श्रमिक सामाजिक सुुरक्षाकोषमा दर्ता भएका छन् भने

प्रदेसमा १० हजार ४ सय ७७ उधोग तथा संघसंस्थामा १ लाख १५ हजार ६ सय श्रमिक रहेका छन । त्यसमध्ये हालसम्म १५ हजार ७ सय ३५ श्रामिकले मात्र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने गरेका छन । सामाजिक सुरक्षा कोषले विराटनगरमा आज आयोजना गरेको कार्यक्रमा कोषकी उप–निर्देशक जमुुना नेपालले कोषमा जम्मा भएको रकम श्रमिकको हितकालागी भएकाले निर्धक भएर कोषमा सहभागि हुुन उधोगी तथा श्रमिकहरुलाई आग्रह गरिन् । प्रदेस १ मा रहेको उधोग तथा संघ संस्थामध्ये अहिले सम्म १७ सय ६ वटामात्र दर्तामा छन् ।

मंसिर १४ गते समाजिक सुुरक्षाकोषको म्याद सकिदै छ । एक वर्ष अघि स्थापना भएको सो काषमा मुुलुुक भरिमा १ लाख १५ हजार ६ सय ६ जना श्रामिकले १८ करोड १३ लाख २ हजार ७ सय रकम जम्मा गरेको उप निर्देशक नेपालको भनाई छ ।

कार्यक्रमा वोल्दै सामाजिक विकास मंत्रालयका सचिव विरवहादुुर राइले जनतालाई परिवर्तनको अनुुभुुतिहुुनेगरि काम गर्नुुपर्नेमा जोड दिए । कार्यक्रमा उधोग संगठन मोरङका उपाध्यक्ष राकेश सुुुराना मोरङ व्यापारसंघका उपाध्यक्ष विकास वेगवानी तथा जिफन्टका किशोर धमलाले कोषको प्रभाकारीतमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर