पूर्वाञ्चल खबर
काठमाण्डौं / प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले तोकेको अल्टिमेटम सकिँदा पनि शुल्क फिर्ता नगर्ने मेडिकल कलेजमाथि फौजदारी मुद्दा चलाउन तथा सम्पति राष्ट्रियकरणको प्रक्रिया सुरु गर्न माग गरेका छन् ।
डा.केसीले आज विज्ञप्ति जारी गर्दै शुल्क फिर्ता नगरे तत्काल ठगी मुद्दामा पक्राउ गरेर फौजदारी मुद्दा चलाउन तथा मेडिकल कलेजहरुको राष्ट्रियकरणको प्रक्रिया सुरू गर्न माग गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारवाही गर्ने भने पनि ठगहरुका नाइके उहाँकै पार्टीका नेता तथा हितैषी भएका कारण केही गर्न नसकेको आरोप समेत लगाए ।
डा.केसीले सरकारले आफूसँग गरेको सम्झौता र शुल्क फिर्ता नगर्नेलाई कारबाही नगरे फेरि आन्दोलन गर्ने चेतावनी समेत दिए ।