पूर्वाञ्चल खबर
विराटनगर / दिगो विकासको लक्ष्य लैङ्गिक समानताको वकालत गर्न क्रिकेट प्रशिक्षण हुने भएको छ । विराटनगरमा मंसिर ५ देखि १३ गतेसम्म क्रिकेट प्रशिक्षण हुने भएको हो ।
नेपाल क्रिकेट फाउन्डेसन, किनेक्टिङ क्लव अन्तराष्ट्रियको आयोजना र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीको सहकार्यमा क्रिकेट प्रशिक्षण हुने भएको छ । आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरि शनिबार विहान ८ बजे विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले क्रिकेट प्रशिक्षणको उद्घाटन गर्ने जानकारी गराए । प्रशिक्षण ६ वटा सामुदायिक र २ वटा निजी विद्यालयका छात्राहरूको सहभागि हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।
क्रिकेट प्रशिक्षणमा महिलाहरूलाई बेलायतबाट आएका खेलाडीहरूले प्रशिक्षण दिनेछन् । दुई दशकदेखि क्रिकेटको प्रशिक्षणको अनुभव भएका ईङ्गलिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ प्रशिक्षक जोनाथन लि बोथ र काउन्टी खेलाडी एङ्गुस बेरीले खेलाडीलाई प्रशिक्षक्षण दिने छन् ।
क्याम्पमा लैङ्गिक समानताको विषयलाई मैदानमा रहि कसरी सहजीकरण गर्ने भन्ने बारेमा उपस्थित खेलाडीलाई प्रशिक्षण गरिने फाउण्डेसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।