२९ पुस, विराटनगर / सवारी साधनको ठक्करबाट विराटनगरको बिजुली अपिस अगाडी आज एक यूवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर – ८ का ३५ वर्षिय मनिष दुगड रहेको मोरङ प्रहरीले जनाएको छ ।
को २१ प ५६६८१ नम्बरको मोटरसाइकल सवार दुगडलाई पछाडीबाट आएको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । पीडितका आफन्तहरु भने सशस्त्र प्रहरीको गाडीको ठक्करले ढुगडको मृत्यु भएको बताउँदै आएका छन् । मोरङका ट्राफिक प्रमुख मदन गिरीले भने ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको बताए ।