AArya
RUMPUM
animated ellipse animated ellipse

खाजा खर्च कटाएर विद्यार्थीले बाँडे फलफूल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७६, शुक्रबार १७:२४
3
Shares

विराटनगर / विराटनगर–१२ स्थित होलिल्याण्ड बोर्डिङ स्कूलका विद्यार्थीहरुले विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका छन् ।

विद्यार्थीहरुले खाजा खर्च कटाएर बचत गरेको पैसाबाट वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका हुन् । अध्ययनसँगै विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले फलफूल वितरण कार्यक्रम राखिएको विद्यालयका अध्यक्ष प्राध्यापक डाक्टर टुनराज भट्टराईले जानकारी दिए । भट्टराईले ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे । त्यसपछि विद्यार्थीहरुले पालैपालो वितरण गरेका थिए । कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थीले खाजा खर्चबाट जोगाएको करिब ४ हजार मूल्य बराबरको फलफूल वितरण गरिएको उनले बताए ।

अध्यक्ष भट्टराईसहित शिक्षक र विद्यार्थीहरुले फलफूल बाँडेका थिए । यसअघि पनि सो विद्यालयका विद्यार्थीहरुले वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई भोज गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर