पूर्वाञ्चल खबर
विराटनगर / श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले विरामी र कुरुवाहरूलाई निःशुल्क साहाकारी भोजन गराएको छ ।
परिषदले विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना भएका विरामी र उनीहरूका आफन्तलाई भोजन गराएका हुन् ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको उपस्थीतिमा विरामीहरूलाई भोजन गराएको श्री कृष्ण प्रणामी युवा परिषद् विराटनगरका नगर अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । धार्मिक संस्था भए पनि सामाजिक कार्यमा पनि हात अगाडी बढाउदै विरामीको कुरुवाहरुलाई भोजन गराईएको उनले बताए ।
सामाजिक कार्य अनुरुप युवा परिषद्ले विभिन्न सघ संस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको छ ।