AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लाभावित बचतको साधरणसभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७६, शनिबार १८:५७
3
Shares
विराटनगर / विराटनगर–१५ स्थित लाभांवित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विराटनगरमा आज एक कार्यक्रमको बिच सहकारीले बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा सहकारीका अध्यक्ष निराजन साहले भावी कार्ययोजना र बार्षिक प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका लेखा संयोजक संजिवकुमार साहले आर्थिक बर्ष २०७५÷७६ मा सो सहकारीले १६ लाख १९ हजार ४६ रुपैयाँ आम्दनी गर्न सफल भएको बताए । शेयर पुंजी ४२ लाख २ हजार रहेको सो सहकारीले ७ करोड ५५ लाख २७ हजार ४ सय ५१ रुपैया निक्षेप संकलन गर्न सफल भएको उनले जानकारी दिए ।

लाभांवित सहकारीले कृषि,शिक्षा,खुद्रा ब्यापार,ब्यवसायमा लगानी गर्दै आएको लेखापाल चन्दनकुमार ठाकुरले बताए । साधारण सभाको अवसरमा सहकारीले ५÷५ जना असल बचतकर्ता र ऋणीका साथै २÷२ बजार प्रतिनिधि र कर्मचारीलाई सम्मान समेत गरेको छ । उनीहरुलाई जिल्ला सहकारी संघका प्रमुख डिल्ली पोखरेललगायतले सम्मान गरे ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष पोखरेलले क्षरिएर रहेको पुजीलाई एकिकृत गर्न सहकारीले ठूलो भुमिका खेलको बताए । सहकारीको माध्यमबाट गरिवी निवारण ठूला टेवा पु¥याउने उनले बताए ।

सहकारीका अध्यक्ष निराजन साहको सभापतित्वका उक्त कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर