RUMPUM
animated ellipse animated ellipse

समाचार लेखेकै कारण बदला लिने कार्य अमानवीय र अव्यवहारिक : मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७६, मंगलवार २०:५८
3
Shares

विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दण्डहीनता कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् । उनले अपराधीले अपराध अनुसारको दण्ड पाउने भन्दै सबैलाई ढुक्क हुन आग्रह समेत गरे ।

आज विराटनगरमा फ्रिडम फोरमले आयोजना गरेको प्रदेशस्तरीय ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको पनि बताए । उनले प्रदेश १ मा पत्रकारमाथि भएका दुव्र्यवहार तथा घटनाहरु केही असावधानीवश भएको र दोषीलाई कारबाही पनि भईरहेको बताए ।

मन्त्री कार्कीले सरकारका क्रियाकलापमाथि निगरानी गर्न र कमजोरीमाथि आलोचना गर्न सञ्चारकर्मीहरुलाई आव्हान समेत गरे । उनले पत्रकारिताले आफ्नो पेशागत धर्म अनुसार तथ्यपरक आलोचना गर्न चुक्नु नहुने बताए ।

मन्त्री कार्कीले समाचार लेखेकै कारण बदला लिने कार्य अमानवीय र अव्यवहारिक भएको बताए । पत्रकाहरुको सुरक्षाकालागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । स्थानीय तहका प्रमुख उपप्रमुखहरुले अझै आफु अनुकुल नलेखिएको भन्दै पत्रकारहरुलाई अप्रत्यक्ष धाकधम्की दिने गरेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

मन्त्री कार्कीले प्रदेश नम्बर १ मा पत्रकारहरु सुरक्षित रहेको र पत्रकारहरुको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको भूमिकासमेत सकारात्मक रहेको समेत बताए ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति अध्यक्ष विक्रम लुईटेलले प्रतिकुल समाचार आएमा सबै कार्यक्रमहरुमा पत्रकार र पत्रकारिताको चर्को अलोचना गर्दै प्रत्यक्ष अप्रत्यक्ष पत्रकाहरुलाई धमक्याउने गरेको उनको भनाई छ । अध्यक्ष लुँइटेलले भने, ‘इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरी हुन वा अरु नै उनीहरुले आफु अनुकुल नहुँदा पत्रकारहरुलाई थ्रेट गरिनेरहेका छन् ।’

पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले राज्यपक्षबाट हुँदै आएको सुरक्षा जोखिम कम हुदै गएपनि स्थानीय तह र गैरराज्य पक्षबाट भने अझै पत्रकाहरुलाई सुरक्षा थ्रेट हुँदा सेल्फ सेन्सशिपमा काम गर्न पत्रकाहरु बाध्य भइरहेको सुनाए । हिजो पत्रकारहरुमाथि भएका अत्यचारका घटनाका दोषीहरुलाई कारवाही नहुँदा पत्रकाहरु अझै गैरराज्य पक्षबाट थ्रेटमा परिरहेको उनको भनाई छ ।

राष्ट्रिय मानव अधिकार आयोग एक नम्बर प्रदेश कार्यालयकी कार्यवाहक प्रमुख गीता दाहालले स्वतन्त्र र मर्यादित वतावरणमा पत्रकारिता गर्ने वतावरण स्थानीयतहले सुनिश्चित गराएमात्र मानव अधिकारको रक्षा हुने बताइन् ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले स्थानीय तहबाट पत्रकारहरुलाई सुरक्षा थ्रेट हुनु गम्भिर कुरा हो भन्दै त्यसमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले पत्रकार पलायन भए विधिको शासन नरहने भन्दै पत्रकारलाई धम्क्याउनु अपराध भएको बताए ।

मोरङ प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले दण्डहीनताले शासन व्यवस्थालाई असफल बनाउने भएकोले त्यसलाई प्रश्रय दिन नहुने बताए । उनले प्रदेश १ सरकारले प्रदेश प्रहरी गठनपछि हुने सुरक्षा व्यवस्थालाई समयमै ध्यान दिएर संरचनाहरुको निर्माण गर्दै प्रहरीको मनोवल उकास्ने गरी काम गरिरहेको भन्दै प्रशंसा गरे । मोरङमा पत्रकारमाथि केही हिंसाका घटना भएपनि ती सबै घटनाका अभियुक्तहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको उनले स्पष्ट पारे ।
कार्यक्रममा पूर्वाञ्चल मानवअधिकार सञ्जालका संयोजक सोमराज थापाले नेपालमा प्रेस स्वतन्त्रता विरुद्धको घटना प्रत्येक वर्ष बढ्दै गएको तथ्यांक प्रस्तुत गर्दै सरकारलाई बढी नै संवेदनशिल भइदिन आग्रह गरे ।

फ्रिडम फोरमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दहालले पत्रकार सुरक्षित नभएमा लोकतन्त्र कमजोर हुने भएकोले पत्रकारको सुरक्षाकालागि कानून बनाउन प्रदेश सरकार र स्थानीयतहलाई आग्रह गरे । उनले पत्रकारको सुरक्षा भरपर्दो नभएसम्म दिगो विकासको लक्ष्य पनि पुरा हुन नसक्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर