पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबार राति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ ।
विराटनगर–५ त्रिमूर्ति चोकका हतियार कारोबारीका भरिया २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा गुरुङको साथबाट पेस्तोल फेला परेको हो ।
मदिराको नसामा लठ्ठ रहेका युवाले आफूले नचिनेका व्यक्तिले जोगवनी बसपार्कबाट एउटा झोला नेपालसम्म पु¥याइदिन आग्रह गरेको बताएका छन् । झोलामा हतियार रहेको कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ । प्रहरीले भने गुरुङ साना हतियारको कारोबार गर्ने गिरोहको भरिया भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
गुरुङ विरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।