RUMPUM
animated ellipse animated ellipse

देउसीभैलो बाट सङ्कलित रकमले न्यानो कपडा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ कार्तिक २०७६, शनिबार १९:५०
3
Shares

विराटनगर / देउसीभैलोबाट सङ्कलित रकमले टंकीसिनवारी सख्माका बृद्धवृद्धलाई न्यानो कपडा प्रदान गरिएको छ ।

कार्तिक महीना सकिनै लाग्दा चिसो बढ्न थालेपछि बृद्धवृद्धमा बढी समस्या हुने भएकाले उनीहरुलाई चिसोबाट जोगिन सजिलो होस भनेर न्यानो कपडा वितरण गरिएको हो । नयाँ पाईला विराटनगर टिमले देउसीभैलोबाट सङ्कलित रकमले ३० जना बृद्धवृद्धलाई व्लाङकेट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष सुमन खड्काले बताए । विगतका केहि वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपुर्ण सहयोग भएको उनको भनाइ छ ।
सहयोग पाएपछि स्थानीय बालगोविन ऋषिदेवले जाडोमा न्यानो कपडा पाउँदा खुशी लागेको बताए । ऋषिदेवले मुसहरको बस्तीमा कसैको आँखा नपुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर