RUMPUM
animated ellipse animated ellipse

श्रीमतिको विभत्स हत्या गर्ने श्रीमान पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७६, बिहीबार १९:५७
3
Shares

सुनसरी / सुनसरीको धरानमा आफ्नै श्रीमतिको विभत्स हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

धरान १५ स्थितखोरियाबस्ती की २३ बर्षीया श्रीमति जिना राईको हत्याको आरोजमा ३१ वर्षीय श्रीमान अर्जुन राई पक्राउ परेका हुन् । श्रीमान अर्जुनले कुटपिट गर्दा जिनाको मृत्यु भएको हो।

हिजो राती पउने ९ बजे घरमा झगडा भएपछी जिना घरबाट निस्केर बाहिर जादै गरेको अवस्थामा अर्जुनले जिनालाई पछ्याउदै ढुंगाले टाँउकोमा प्रहार गर्दा जिनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

श्रीमतीको हत्या गरी फरार रहेका अर्जुनलाईलाई राती सवा ११ बजे पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर