RUMPUM
animated ellipse animated ellipse

निवर्तमान सभामुख महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७६, बिहीबार १९:२८
3
Shares
फाइल तस्वीर

काठमाण्डौं / संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।

शाहीमाथि यौन दुव्र्यवहारको आरोप लागेका महरा गत असोज १९ गते पक्राउ परेका हुन् । अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको हो ।

जवरजस्ती करणी प्रयास उद्योग अन्तर्गत साढे ३ वर्षदेखि ५ वर्षसम्मको कैद सजाय मागसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दाको फाइल पेश गरेको हो । सरकारी वकिलको कार्यालयले पदीय मर्यादा विपरित कार्य गरेकाले महरालाई थप साढे दुई वर्ष सजाय माग दाबी पनि गरेको छ ।

सरकारी उच्च पदाधिकारी भएकाले थप सजाय हुनुपर्ने र क्षतिपूर्तिको समेत माग गरिएको छ । यसो हुँदा महराविरुद्ध सरकारी वकिल कार्यालयले साढे ५ देखि साढे ७ वर्षसम्म जेल सजाय माग दाबीसहित मुद्दाको फाइल अघि बढाएको हो । महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धी दफा आकर्षित हुने गरि सरकारी वकिलको कार्यालयले अभियोगपत्र बनाएको हो।

असोज २८ गते जिल्ला अदालत काठमाडौँले महरालाई पहिलो पटक पक्राउ परेदेखि १३ दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीको अनुसन्धान नसकिएपछि कात्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर