पूर्वाञ्चल खबर
बेलवारी/ मोरङको बेलवारी नगरपालिका ६ बनौलमा आईतवार पोखरीमा डुबेर २ बर्षीय बाललको मृत्यु भएको छ ।
साँझ ६ बजे सोही ठाउँका शुदर्शन गच्छेदारको २ बर्षीय छोरा सदन गच्छेदार खेल्ने क्रममा छिमेकी बलबहादुर गच्छेदारको पोखरीमा डुबेका थिए । पोखरीमा डुबेर गम्भीर बनेका बालकलाई उपचारको लागि बिएमसी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।