RUMPUM
animated ellipse animated ellipse

म ओरिजिनल माओवादी होइन : अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७६, शुक्रबार १९:२२
3
Shares

विराटनगर / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् ।

विराटनगरमा आज नेकपा मोरङले दसैं, तिहार, छठ लगायत सबै राष्ट्रिय चाडपर्वहरुको सन्दर्भमा शुभकामना आदनप्रदान गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफु ओरजिनल मशाल र माओवादी नभएको बताएका हुन् ।

‘तपाइहरूलाई ओरिजिनल नै होला जस्तो लागेको थियो होला,’ प्रचण्डले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘म पनि चौथो माधिवेशनको मदन भण्डारी नै हो ।’ २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएको र २०३३ सालमा पुष्पलाल समूह छोडेर चौथो महाधिवेशन मोहन विक्रमले नेतृत्व गरेको समूहमा आफु प्रवेश गरेको प्रचण्डले बताए । ०४१ को महाधिवेशनबाट केन्द्रीय समितिमा गएको भन्दै उनले भने, ०४६ को जनआन्दोलन भन्दा ठिक्क अगाडि जतिबेला मदन भण्डारी मालेको महासचिव हुनुभयो, म पनि मसालको महासचिव भएछु ।

मदन भण्डारी र प्रचण्डबीच राजनीतिकरुपमा रहेका संयोग र समानताका किस्सा सुनाउँदै अध्यक्ष प्रचण्डले भने ‘मदन भण्डारीको अनुपस्थितिमा प्रचण्ड नै मदन भण्डारी हो ।’ उहाँले दुवै जना पुष्पलाल समूहबाट अन्य समहमा आवद्ध भएर छोटो समयमा नै आन्दोलनको नेतृत्वको रुपमा स्थापित भएको र स–साना कम्युनिष्ट पार्टीहरुलाई समेट्दै दुवै नेताहरु एउटै समयमा छुट्टाछुट्टै पार्टीको महासचिव भएको बताए ।

अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्ने अभियानमा मदन भण्डारी र प्रचण्डले विगतमा गरेको मिहेनतलाई अध्ययन गर्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता कमजोर बनाउन नेताहहरुलाई गुट(उपगुटमा विभाज गर्ने षडयन्त्र भइरहेको बताएका छन्।

’देशलाई समृद्धि र विकासको बाटोतर्फ अघि बढाउन पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने आवश्यकता छ’, उनले भने, ’अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ, पार्टी्भित्रै नेताहरुबीच फुट सिर्जना गर्ने षडयन्त्र भइरहेको छ।’

अध्यक्ष प्रचण्डले बिचार र अनुशासनको विधिबाट पार्टीलाई सुदृढ बनाउनु आवश्यक रहेको समेत बताए । पार्टीलाई एकताबद्ध र अनुशासित बनाउँदै शक्ति आर्जन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए ।

तीन महिनामा सम्पन्न गर्ने भनेको पार्टी एकताको काम १७ महिनासम्म पुरा गर्न नसक्दा पार्टीमा बिचार र अनुशासन गडबडाउने सम्भावना हुने अध्यक्ष प्रचण्डले बताए ।

‘हामीले बैचारिक स्पष्टता भएको र विधि पद्दतिबाट चल्ने कम्युनिष्ट पार्टी बनाउनु पर्छ,’ अध्यक्ष पचण्डले भने ‘अनुशासन र बिचारमा गडबड खायो भने हामी सकिने छौं ।’ कम्युनिष्टहरु बिचार र विधि अनुसार नचले आफैं ढल्ने र सकिने गरेको अनुभवबाट सिकेर पद्धतिमा पार्टी चलाउँदै अपराजयको यात्रा तय गर्नुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए ।

एकता र जितपछि अहंकार पलाएमा नेकपालाई कसैले हराउनु नपर्ने अध्यक्ष प्रचण्डले बताए । ’२०६४ सालमा माओवादीले उधुमै जित्यो । जित्दाखेरि कसरी धर्ती छोडिँदो रहेछ, अहंकार कसरी आउँदो रहेछ भन्ने पनि थाहा भयो’, उनले भने, ’तर २०७० सालमा नराम्ररी हार्दाको हालत पनि भोगियो। यो अनुभवलाई देशको समृद्धि र बलियो कम्युनिष्ट पार्टी बनाउन लगाउनुछ।’

अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा कम्युनिष्टको नेतृत्व कसैको दयाले नभई जनताको लामो त्याग र बलिदानीबाट स्थापित भएकोले जनताको चाहना विपरित पार्टी सञ्चालन नहुने बताए । उनले पछिल्लो समय सरकारले दिर्घकालिन प्रभाव राख्ने पूर्वाधार विकासको काम गरिरहेको र चीन तथा भारत लगायत विश्वका अन्य देशहरुसँगको सम्वन्धमा सुधार गर्ने काममा सफल हुँदै गएको बताए ।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले जनता र कार्यकर्ताको चाहना तथा राष्ट्रिय आवश्यकता अनुसार पार्टी एकता भएकोले त्यसप्रति सबै इमान्दार रहनुपर्ने बताए । उनले कम्युनिष्टहरुको हित नचाहनेहरुले एकतालाई टुंगोमा पुग्न नदिने उपायहरुको खोजी गरिहेकोले नेतृत्वले त्यस्ता प्रयत्नहरुबारे ध्यान दिन आवश्यक रहेको पनि बताए ।

नेपालको आवश्यकता अनुसार बिचारको विकास गर्दै पार्टीलाई अघि बढाउने र कम्युनिष्ट पार्टीलाई बिचारहीन भीड नभई शक्तिमा परिणत गर्ने तर्फ ध्यान दिनुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर