RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा थेवे असोजको सर्वोत्कृष्ट प्रहरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०७६, मंगलवार १९:४१
3
Shares

विराटनगर / प्रहरी चौकी नागीथर्पु पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक भीमराज थेवे प्रदेश १ मा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

विभागीय मूल्यमान्यता, आदेशनिर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेर हत्याजस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन सफल थेबेलाई उत्कृष्ट घोषित गरिएको हो ।

सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुनेगरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने प्रशंसनीय कार्य गरेकोले थेवेलाई उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर