पूर्वाञ्चल खबर
विराटनगर / प्रहरीले मोरङको रङ्गेली ४ बाट ठूलो परिणाममा प्रतिबन्धित पट्का बरामद गरेको छ ।
रंगेली नगरपालिका ४ बेतौना भन्दा दक्षिण चिसाङ खोलाको बाटो हुदै भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको २ लाख २० हजार मुल्य बराबरको पट्का मोरङ प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीले ४ बोरा ५२ बण्डल नागिन, झिरझिरे पटका १० बण्डल, फुलझरी पटका ६ बण्डल बरामद गरेको छ । यस्तै प्रहरीले विराटनगर १५ र १६ न. वडाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याएको नागिन पड्का, कोब्रा पड्का, चकलेट बम ,फुलझरी अन्य बिभिन्न किसिममा १० हजार मुल्य बरावरको पटेका बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।