RUMPUM
animated ellipse animated ellipse

अवैध यौन सम्पर्कका कारण आमा छोरीको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० आश्विन २०७६, बिहीबार १९:२७
3
Shares

उदयपुर / एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको आरोपमा एक जनालाई पक्राउ गरि उदयपुर प्रहरीले आज सार्वजनिक गरेको छ ।

असोज २४ गते हत्या गरिएकी त्रियुगा नगरपालिका ९ चौकीबारीकी ३० वर्षकी शारदाकुमारी चौधरी र उनकी ९ वर्षकी छोरी रचनाको हत्या आरोपमा लाहान नगरपालिका ८ का ४० वर्षका रामहरि साह पक्राउ परेका हुन् । आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले आज हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन् । पछिल्लो समय शारदाले फोन नउठाउने, झर्केर बोल्ने र आफूलाई बेवास्ता गरेकाले हत्या गरेको रामहरिले बयान दिएका छन् । ‘विवाहेत्तर सम्बन्धका कारण घटना भएको देखिन्छ, प्रहरी उपरीक्षक बुढा मगरले भने ।

पक्राउ परेका साहले महिलाले ओड्ने सलले बाँधेर थिची धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेको उदयपुर प्रहरीका प्रहरी उपरीक्षक बुढा मगरले बताए । पहिला आमालाई हत्या गरेको र पछि छोरीलाई पनि पोल खुल्ने डरले हत्या गरेको प्हरीले जनाएको छ ।’ हत्या गरेको घरको कोठाभित्र सुनका गरगहाना समेत प्रहरीले बरामद गरेको छ ।

शारदाकुमारी चौधरीका श्रीमान वैदेशिक रोजगारीमा गएको प्रहरीको भनाइ छ । श्रीमान वैदेशिक रोजगारीमा गएको वेला परपुरुषसँग यौन सम्पर्क राख्ने आमाको कारण छोरीको समेत ज्यान गएको प्रहरीको निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर