पूर्वाञ्चल खबर
विराटनगर / ९७ हजार ९ सय रुपैयाँसहित मोरङको सुन्दरहरैचा नगरपालिका– ७ गोठगाउँबाट तास खेलिरहेका १५ जना जुवाडेले प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले तास खेल्नेहरूलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले घर धनी सुन्दरहरैचा– ७ का टेकबहादुर विकसहितलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीसँगै ताल खेल्ने भुपाल पौडेल, रेवत रायमाझी, कुलप्रसाद लुईटेल, हिरण्यप्रसाद कोईराला, हिरा भट्टराई, प्रदिपकुमार शाह, विनोद चौधरी, उमेशबहादुर थापामगर, सजाद मियाँ, जयप्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधुकुमार घिमिरेलाई पक्राउ गरेको हो ।
पक्राउ गरेका सबैलाई जुवा ऐन अन्तरगत कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाएको मोरङ प्रहरीले जनाएको छ ।