पूर्वाञ्चल खबर
विराटनगर / सरकारले सार्वजनिक यातायामा यात्रा गर्दा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिुनपर्ने नियम बनाएको भएपनि त्यसको पालना नभएको गुनासो जेष्ठ नागरिकले गरेको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।
सरकारले तोकेको सुविधा नदिएको र जेष्ठ नागरिकलाई यातायात कर्मचारीले अनावश्यक दुःख दिने गरेको जेष्ठ नागरिकको पक्षमा वकालत गर्दै आएका अगुवाको भनाइ छ ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा जेष्ठ नागरिक हातेमालो अभियान विराटनगरका संयोजक जिवेन्द्रराज घिमिरेले सरकारले दिएको छुट लागू नभएको गुनासो गरे । प्रदेशको राजधानीमा यो व्यवस्था लागू नभएको भन्दै उनीहरुले दुरदराजमा छुटको व्यवस्था धेरै टाढाको विषय भएको बताएका छन् ।
जेष्ठ नागरिकको कार्ड देखाउँदा यातायात कर्मचारीले दूव्र्यवहार गर्ने गरेको भन्दै घिमिरेले दुःखेसो समेत व्यक्त गरे । २ जनाभन्दा बढी चढेको भन्दै छुट दिन नमान्ने र प्रदेशको सगरमाथा यातायातबाहेक अन्य कुनैमा पनि छुट नदिएको जेष्ठ नागरिकको भनाइ छ ।
कार्यक्रममा यातायात व्यवसायीले भने सरकारले आपूmहरुलाई छुट नदिएको छुट दिन नसकेको तर्क गरे । उनीहरुले यात्रुबहाक बस आयातमा कर छुट गर्नुपर्ने बताउँदै अहिलेकै अवस्थामा कानून कार्यान्वयनमा केही जटिलता रहेको बताए । यातायात व्यवसायीहरु कृष्ण सुवेदी र सरोज श्रेष्ठले सरकारले आपूmहरुलाई छुट नदिएको बहाना राख्दै कानून कार्यान्वयन नगरेको स्वीकार गरेका थिए ।
कार्यक्रमा सामाजिक विकास मन्त्रालयको सचिव वीरबहादुर राईले समस्याबारे मन्त्रालयलमा गुनासो आएपछि छलफल गरिएको बताए । जेष्ठ नागरिकले सुविधा पाउनु पर्ने कानूनमा व्यवस्था भएको विषयमा ध्यानाकर्षण गराउँदै उहाँले जेष्ठ नागरिकलाई सुविधा दिनु नेपालीको संस्कार पनि भएको बताए । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालले कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले समस्या समाधानको पहलका लागि छलफल राखिएको बताए । आगामी दिनमा छुट्टै ढंगले यसलाई हल गर्न प्रदेश सरकारले संघीय सरकारसँग पहल गर्ने मन्त्री घिमिरेको भनाइ थियो ।