पूर्वाञ्चल खबर
विराटनगर/ जिल्ला अदालत मोरङबाट जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादी ८ वर्षपछि पक्राउ परेका छन् ।
साहलाई २०६८ मंसिर ७ जिल्ला अदालत मोरङले जवरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको थियो । विराटनगर १५ का ४६ वर्षीय राजा साहलाई उनकै घरबाटै पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा दाखिला गरेको छ । उनी मोरङ जिल्ला कारागार चलान भएका छन् ।