RUMPUM
animated ellipse animated ellipse

वर्तमान व्यवस्था सबैको साझा व्यवस्था हो– उपसभापति गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०७६, सोमबार १६:३५
3
Shares

विराटनगर / वर्तमान राजनीतिक व्यवस्था सबैका साझा व्यवस्था भएकाले यसको रक्षा गर्न सबैको जिम्मेवारी रहेको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताए ।

आज विराटनगर विमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनताका बलिदानबाट आएको यो व्यवस्थाबाट प्राप्त संविधानलाई संस्थागत गर्न सबैको दायित्व बराबरी रहेको बताए । सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नु पर्ने सुझाव दिँदै उपसभापति गच्छदारले नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले सहमति, सहकार्य र एकताको सन्देश दिएको बताए ।

नेपालको संविधान साझा दस्तावेज भएकाले यसको रक्षा गर्न सत्ता पक्ष र प्रतिपक्षले दायित्व बोक्नु पर्ने भन्दै उपसभापति गच्छदारले लोकतन्त्र खतरामा परेको भनाई दिवा सपना मात्र रहेको बताए । लोकतन्त्रले कसैको निगाह र दयाले नभई जनताको बलिदानबाट आएकाले यसलाई मास्छु कसैले भन्छ भने त्यो सपना मात्र हुनेछ उपसभापति गच्छारको भनाई छ । उनले विगतमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भनाई राख्दै अहिलेको सरकार दुई तिहाई बहुमतका भएकाले विकास र शान्तिले सार्थकता पाउने आफू आशावादी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर