AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सी भ्रमणले प्रदेश १ लाई आर्थिक अवस्थालाई बलियो बनाउने मुख्यमन्त्री राईको विश्वास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०७६, शनिबार १९:०१
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने बताएका छन् ।

राष्ट्रपति सीको भ्रमणले मुख्यमन्त्री राईले चीनको सिमानासँग जोडिने किमाथाङ्का सडक पनि परेकोले प्रत्यक्ष लाभ प्रदेश १ ले पाउने बताए । उनका अनुसार भारत र चीनसँग जोडिएको कोशी राजमार्गअन्तर्गतको विराटनगर– किमाथाङ्का सडक सञ्चालनमा आएपछि यो त्रिदेशीय लाइफ लाइन मार्गको रूपमा चर्चित हुनेछ । जसले चीन, नेपाल र भारतको सम्बन्धलाई प्रत्यक्ष छोटो दूरीवाट जोडने र औद्योगिक व्यापारिक मार्गका रूपमा पनि फाइदा पुर्याउने मुख्यमन्त्री राईले बताए । जसले प्रदेश १ को आर्थिक अवस्थालाई बलियो बनाउने विश्वास प्रदेश सरकारको रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री राईले कृषि, उद्योग, पर्यटन, जलस्रोत क्षेत्रमा प्रदेश १ मा लगानीको प्रशस्त सम्भावना रहेको बताउँदै त्यस सम्भावनाहरुप्रति चिनियाँहरुको ध्यानाकर्षण भएको दाबी गरे । सी भ्रमणमा प्रदेश १ को तर्फबाट थुप्रै योजनाहरु छलफलका लागि प्रस्ताव बनून् भनेर ठोस गरी पठाएको उनले बताए। उनले बृहत् विराट क्षेत्रको अवधारणा, चक्रपथ चार लेनको बनाउने, औद्योगिकपार्क निर्माण गर्ने, कृषिमा नमुना आधुनिक फर्म सञ्चालन गर्ने, अन्तराष्ट्रिय विमानस्थल विराटनगरमा बनाउने, केचना–सगरमाथा फाष्ट ट्रयाकबाट जोड्ने, ट्रंक लाइनबाट खानेपानी वितरण गर्ने प्रदेश १ को एजेण्डा रहेको बताए ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन गइरहेको भन्दै मुख्यमन्त्री राईले त्यसको अधिकतम लाभ लिन सरकारलाई आफूहरुले सुझाव दिएको बताए। ‘यो भ्रमणले धेरै ठूलो महत्त्व र अर्थ राख्दछ, नेपाल राजनीतिक अस्थिरताबाट मुक्त भएको, लामो राजनीतिक अन्यौलताको अन्त्य भएको र देश विकास र समृद्धितर्फ उन्मुख भएको अवसरमा भ्रमण भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘यसलाई नेपालको हित र लाभमा अधिकतम हामीले उपयोग गर्नु सक्नु पर्दछ। त्यसै हिसाबले सरकारले तयारी गरेको छ। हामीले पनि प्रदेशको तर्फबाट त्यही ढंगले सुझाव दिएका छौ उनले भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर