पूर्वाञ्चल खबर
झापा / झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईत भएकी छिन् ।
करेन्ट लागेर मृत्यु हुनेमा झापा कमल गाउँपालिका ३ केरखा का ६१ बर्षीय विष्णुप्रसाद चौलागाई रहेका छन भने उनकी श्रीमती ६१ बर्षीय पम्फादेवी चौलागाई घाईते भएकी छिन् ।
आज विहान पौने ८ बजेको समयमा आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्णुलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने उनकी श्रीमती पम्फादेवीको सोही अस्पतालमा उपचार भईरहेको झापा प्रहरीले जनाएको छ ।