AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा पनि पियाजियाको भेस्पा र अप्रिलियाको शोरूम, पन्चकन्याले गरे उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ आश्विन २०७६, बिहीबार १९:१६
3
Shares
सोरुमको उद्घाटन गर्दै पञ्चकल्या । तस्वीर : पुष्पराज थपलिया
विराटनगर /सूपेरियर मोटर्स, सूपेरियर ग्रुपले विराटनगरस्थित मुनालपथमा पियाजियोको भेस्पा र अप्रिलियाको नयाँ शोरूम सञ्चालनमा आएको छ ।

स्कुटी खरिद गरेका समाजसेवी तथा उद्योगी विराटनगरका तेजलाल कर्णलाई चाँबी हस्तान्तरण गर्दै भेस्पार अप्रिलियाका हेड अफ अपरेशन विजय महतो । तस्वीर पुष्पराज थपलिया

नेपालमा पियाजियाको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक विक्रेता प्रतिष्ठित औद्योगीक तथा ब्यापारीक घराना एम भी दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले उक्त शोरूम सञ्चालनमा ल्याएको हो । आज सञ्चालनमा आएको शोरूमको उद्घाटन आधा दर्जन पन्चकन्याहरूले गरेका थिए ।

विराटनगरमा भेस्पा र अप्रिलियाको शोरूम सञ्चालन आएसँगै विक्री भएको ४१ वटा स्कूटरका चाँबी ग्राकहरूलाई हस्तान्तरण गरिएको भेस्पा÷ अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले जानकारी दिए । उनका अनुसार देशभरीमा २५ वटा शाखा मार्फत भेस्पा र अप्रिलियाको शोरूम संलानमा रहेको बताए ।

आगामी ६ महिनामा थप १० वटा देशको विभिन्न मुख्य शहरहरूमा शाखा विस्तार गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘हामीले अहिले आक्रमक तरिकाले विस्तार गर्ने योजना छ ।’ सवारी साधन प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई उच्चस्तरीय सेल्स सर्भिस उपलब्धध गराउने प्रतिवद्ध रहेको उनले बताए ।

भेस्पा र अप्रिलिया उच्चस्तरिया इटालियन टेक्नोलोजिमा निर्मित आकर्षक ग्राफिकमा इटालियनको उच्च प्राबिधि र वनावटको दक्षता रहेको छ । अप्रिलियाको स्कुटी उक्त शोरूममा २ लाख २४ हजार ९ सय रूपैयाँदेखि २ लाख ९३ हजार ९ सय रूपैयाँसम्मको रहेको छ । त्यस्तै भेस्पाको २ लाख ५९ हजार ९ सय ४६ रूपैयाँदेखि ३ लाख ९५ हजार ९ सय ४६ रूपैयाँसम्मको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर