पूर्वाञ्चल खबर
विराटनगर / मोरङको विराटनगरको मुनालपथमा सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । आज दिउँसोे सार्वजनिक बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन् ।
बसको ठक्करबाट मोटरसाइकल चालक २० वर्षीय धनबहादुर र २१ वर्षीय सञ्जय तामाङ घाइते भएका हुन् । काँकडभिट्टाबाट विराटनगरतर्फ आइरहेको को १ ख ४०४३ नम्बरको बसले विराटनगरबाट उत्तरतर्फ गइरहेको मे २ प ८७९४ को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएको दुबैको विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ भने धनबहादुरको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका डिएसपी एवम् प्रवक्ता राजकुमार खिउजुले बताए ।