RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०७६, शनिबार १८:१९
3
Shares

ईलाम / ईलामको ईलाम नगरपालिका ५ छाँगाखोला स्थितमा मोटरसाईकल दुर्घटनामा परेर १ जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने १ जना प्रहरी जवान घाईते भएका छन् ।

आज दिउँसो ईलाम नगरपालिका २ सुम्बेकमा झगडा भएको खबर प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय ईलाम दरबन्दी भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सुनसरीको ईटहरी १ घर भएका ४७ बर्षिय प्रहरी सहायक निरीक्षक रवि मगर र प्रहरी चौकी जितपुर दरबन्दि भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सिराहा जिल्लाको पिडरवनी १ घर भएका प्रहरी जवान राम सेवक मोची को १ ब २२८८ नम्बरको मोटरसाईकल लिएर उक्त स्थान तर्फ खटीएर जाने क्रममा पानी बर्षाद तथा कच्ची चिप्लो बाटोको कारण अचानक मोटरसाईकल दुर्घटना भई बाटोबाट अंदाजी ५० /६० मिटर तल खोलामा खसेको थिए ।

घटनाबारे जानकारी पाउँनासाथ तत्काल उद्दारको लागी जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीको टोलीले उद्दार पश्चात उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्याउनासाथ डाक्टरले प्रहरी सहायक निरीक्षक मगरलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा परेर घाईते भएका प्रहरी जवान राम सेवक मोची अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर