AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लायन्स पाथिभराको निःशुल्क आँखा शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०७६, बिहीबार १७:५७
3
Shares
विराटनगर / लायन्स क्लब अफ विराटनगर पाथिभराले गोल्छा आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा उपचार शिविरको आयोजना गरेको छ ।

विराटनगर–१९ स्थित धनपुरामा आयोजित शिविरमा २ सय २१ जनाको आखाँको जाँच गरिएको पाथिभराकी अध्यक्ष रक्तिम जोशी प्याकुरेलले जानकारी दिइन् । आँखामा समस्या भएकाहरूलाई सो अवसरमा लाइफ गार्ड मेडिसिनले निःशुल्क रूपमा उपलब्ध गराएको औषधिसमेत वितरण गरिएको थियो । आँखा जाँच गराएकामध्ये २९ जनामा मोतिबिन्दु फेला परेको थियो । तिलगंगा इन्स्टियूट अफ अफ्थाल्मोलोजी र फ्रेड हलो फाउण्डेशनको समेत सहयोगमा गोल्छा आँखा अस्पतालले निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिदिने सो अवसरमा जानकारी गराइएको थियो ।

उता राउण्ड टेवल नेपालले मोरङको बूढीगंगा–३ मुडेरीस्थित श्रीदेश कल्याण आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ ।

विराटनगर राउण्ड टेबल ११ को अगुवाइमा भएको कार्यक्रममा निःशुल्क रूपमा ब्रस, टुथपेस्टलगायतका सामग्रीसमेत वितरण गरिएको थियो । विद्यालयका छात्रछात्रा एवं स्थानीयलाई समेत लक्षित गरी गरिएको शिविरमा १ सय ६६ जनाको दाँत परीक्षण गरिएको राउण्ड टेवल–११ का टेबलर महेश शर्माले जानकारी दिएण् ।

विराटनगरस्थित सञ्जिवनी क्लिनिकका दन्तरोग विशेषज्ञ डा. फरवार्ड सिलवालले दन्त परीक्षण गरेका थिउ । यसअघि पनि राउण्ड टेबल नेपालले सो विद्यालयलाई विभिन्न सहयोग उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर