पूर्वाञ्चल खबर
विराटनग / तीन दिने अन्तराष्ट्रिय चलचित्र मोहत्सव धरानस्थित सभा गृह हलमा हुने भएको छ । प्रदेश १ सरकार र चलचित्र विकास बोर्डको आयोजनामा आउँदो कार्तिक २२ देखि २४ गतेसम्म अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको हो ।
महोत्सवमा नेपाल र विदेशका गरि छनौट भएका २५ वटा सटभूमि चलचित्रहरू प्रर्दशन हुने प्रदेश १ को आन्तरकि मामिला तथा कानुन मन्त्रालयले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । चलचित्र महोत्सवमा कला संस्कृति विविधा बोकेका चलचित्रहरू अन्तराष्ट्रिय महोत्सवमा प्रर्दशन हुने १ नम्बर प्रदेशका आन्तरकि मामिला तथा कानुन मन्त्री एवंम प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए । ‘
प्रदेश सरकोको २०७६÷०७७ को नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम प्रदेश १ मा अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्न लागेका हौं,’ उनले भने, ‘महोत्सवमा भाषा, साहित्य, भूगलसँग सम्बन्धीत चलचित्रहरू प्रर्दशन हुनेछ ।’ चलचित्र महोत्सव सफल बनाउन युद्ध स्तरको तयारीमा सरकार लागि पर्ने उनले बताए । ‘नेपाली चलचित्रको इतिहास र यसको वृद्धि विकासमा यस्ता महोत्सवले ठूलो टेवा पु¥याउँछ,’ मन्त्री कार्कीले भने । यस्तो खालको चलचित्र महोत्सवले नेपाली चलचित्रको वृद्धि विकास र अगाडी बढन चलचित्र नगरिमा कोशेढुङ्ग सावित हुने मन्त्री कार्कीको भनाई थियो ।
प्रदेस १ को संस्कृति, परम्परा तथा भेषभुुषालाई चलचित्रको माध्यमबाट राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले यो महोत्स गरिएको उनले बताए ।
तीन दिनसम्म संचालन हुने चलचित्र महोत्सवको सहकार्य धरान उपमहानगरपालिका र स्वीस विकास नियोगसँग पनि गरिएको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताए । अन्तराष्ट्रिय चलचित्र महोत्सव सात वटै प्रदेशमा हुने उनले जानकारी दिए । प्रदेश १ मा हुने चलचित्र महोत्सवमा छनौट परेका बाहेक अन्य पुरानो १० वटा नेपाली चलचित्रको पनि प्रर्दशन गरिने उनले बताए ।
पुरानो चलचित्र ‘आमा’ जस्तै अन्य चलचित्र पनि अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रर्दशनी गरिनेछ । महोत्सवमा प्रर्दशन गरिन छनौटमा परेका चलचित्र प्रदेश १ मा परिवेश बनाएका चलचित्रहरू रहेको उनले बताए ।
चलचित्र महोत्सव हुने एक हप्तासम्म प्रदेश १ को सिनेमा हलहरूमा हिन्दी तथा अंग्रजी चलचित्र नलगाउन सिनेमा हलका संचलाहरूलाई पनि आग्रह गरिने अध्यक्ष भट्टराईले बताए ।