पूर्वाञ्चल खबर
धनकुटा / धनकुटाको सागुरीगढी गाउँपालिका-९ बेदुवाडाडा स्थितमा रहेको विजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर बिधुत कार्यालयका १ जना कर्मचारीको मृत्यु भएको छ ।
आज दिउँसो १ बजेको समयमा धनकुटा नगरपालिका-८ घर भई बिधुत कार्यालय धनकुटामा कार्यरत रहेका ५६ बर्षिय बलबहादुर भण्डारीलाई विजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा ल्याईएकोमा उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।